कतारको मागपत्र प्रमाणीकरणका लागि मागपत्र पेश गर्न दूतावासद्वारा नयाँ व्यवस्था

Posted on: 16 Dec, 2020

पुस १, काठमाडौँ | कतारस्थित नेपाली दूतावासबाट संस्थागत मागपत्र प्रमाणीकरणका लागि मागपत्र पेश गर्दा जुन कम्पनीको मागपत्र प्रमाणीकरणका लागि पेश भएको हो उक्त कम्पनीको पब्लिक रिलेसन अफिसर  (PRO) वा कम्पनीले खटाएको कम्पनीको अन्य कर्मचारी हुनुपर्ने व्यवस्था गरिएको  छ ।

नेपालस्थित  म्यानपावरको तर्फबाट मागपत्र प्रमाणीकरणका लागि पेश गर्नुपर्ने भएमा उक्त म्यानपावरको संचालकले मागपत्र पेश गर्नुपर्ने कतार स्थित नेपाली दूतावासले जनाएको छ | दूतावासका अनुसार,अन्य व्यक्तिको हकमा निजको नाममा वैदशिक रोजगार विभाग, काठमाडौँबाट उक्त कार्यका लागि जारी भएको आधिकारिक पत्र प्राप्त व्यक्तिले मागपत्र पेश गर्नुपर्ने छ |

उक्त व्यवस्था १ जनवरी २०२१ देखि लागू हुने दूतावासले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!