साउदीमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Posted on: 09 Dec, 2020

मंसिर २४, काठमाडौँ | साउदी स्थित नेपाली दूतावासले जवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ | आउँदो शुक्रबार अर्थात ११ डिसेम्बर २०२० मा एभरेष्ट नेपाली रेष्टरेन्ट, जुवेलमा दूतावासले अस्थायी कार्यालय राख्ने भएको हो |

अनलाइन फाराम भरी पठाएका सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गरिन लागिएको साउदी स्थित नेपाली दूतावासले जनाएको छ | दूतावासका अनुसार,शुक्रबार बिहान ८ बजे देखि राहदानी आवेदनका आउँदा सक्कल राहदानी,राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति ल्याउनु पर्ने छ |

त्यस्तै नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी) आवश्यक पर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ | राहदानी दस्तुर साउदी रियाल- २०० लाग्ने छ | यदि राहदानी हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४०० लाग्ने दुतावासले जनाएको छ | 

 कोभिड-१९ महामारी कारण स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ख्याल राख्नु पर्ने भएकाले एक घण्टामा १५ जनासम्मको मात्र राहदानी आवेदन संकलन गर्न सकिने हुँदा लिष्टमा उल्लेख भएको आफ्नो समयमा मात्र एक घण्टामा १५ जनासम्मको मात्र राहदानी आवेदन संकलन गर्न सकिने हुँदा लिष्टमा उल्लेख भएको आफ्नो समयमा मात्र (उदाहरणको लागि लिष्टको सिरियल नं. २० मा नाम भएको व्यक्ति बिहान ९ बजेर १६ मिनेटमा उपस्थित हुने) राहदानी आवेदन संकलन केन्द्रमा उपस्थित हुन् दूतावासले आग्रह गरेको छ |

अनलाइन फाराम भरी पठाएका सेवाग्राहीहरूको नामावली




यस बिषयमा तपाइको प्रतिक्रिया...!