इजरायलले आगामी महिनादेखि नेपालबाट कामदार लैजाने

Posted on: 08 Dec, 2020

मंसिर २३, काठमाडौँ | नेपालबाट इजराइलले आगामी महिना देखि कामदार लैजाने भएको छ | केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया सुरु गर्ने भएको हो | नेपालबाट नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लागयतमा नेपाली कामदार लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भएको थियो |

असोज १४ गते नेपाल र इजरायलबिच भएको सम्झौतालाई कार्यान्वयन गर्दै आगामी महिना देखि कामदार छनौटको प्रक्रिया शुरु गरिने नेपालका लागि इजरायली राजदूत गोडरले बताएका छन् | असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो | 

उक्त सम्झौता कार्यान्वयनमा आएपछि नेपालबाट धेरै संख्यामा कामदारहरु जान सक्ने छन | सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जाने छन् | सम्झौता अनुसार, श्रमिकले इजरायली नागरिक सरहको सेवा सुविधा र संरक्षण पाउने छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!