साउदीमा आफुले काम गरेको तलब माग्दा एक वर्षदेखि जेलमा छन् बलबहादुर !

Posted on: 28 Jan, 2018

खकेन्द्र केसी | माघ १४, सल्यान । बिनाकारण सल्यानका एक व्यक्ती एक वर्षदेखि साउदीको जेलमा परेका छन् ।

रोजगारको सिलसिलामा २ बर्ष अघि साउदी अरब पुगेका सल्यान कुमाख गाउँपालिका वडा नम्बर १ साधान्मुडाका  बल बहादुर बस्नेत विनाकारण एक वर्षदेखि साउदीको जेलमा परेका हुन् । धापासी काठमाडौँमा रहेको एसओयस. म्यानपावर सर्भिस प्रा. लि. बाट रोजगारको लागी साउदी पुगेका वस्नेत बिरामी परेर एक दिन डिउटी नजादा मालिकले मनपरि ढङगले जेल पठाएका हुन् ।

वस्नेतले काम सुरुको १० महिना पुगेको समय २०७३ कार्तिक २७ गते  (Date 13/7/2016) को दिन उक्त कम्पनीमा कार्यरत नेपाली कामदारहरुले मालिक सङ्ग श्रम गरेबापतको तलब मागेका थिए । तर मालिकले उनिहरुलार्इ हस्तक्षेप गर्न खोजेपछि केहि विवाद हुन पुगेको थियो । त्यहि समयमा वस्नेत कारणबस बिरामी परेका थिए । बिरामीको कारणले गर्दा उनि १ एक दिन डिउटी जान नसकेर आफ्नै कम्पनीको कोठामा सुतेका थिए । कोठामा सुतेको समयमा उनको कम्पनीको मालिकले साउदी अरबियको पुलिस प्रशासन लगाएर एक्कासी जेल घरमा लगिएको हो । 

केही समय पछी उनको पिडादाएक खबर घरपरिवारले थाहा पाएपछि वस्नेतलार्इ छुटाउन धेरै पहल गरेपनि कतैबाट कुनै हात नलागेको परिवाले बताएको छ । उनलार्इ बिदेश पठाउने दलाल धनबिर बि.क. ले मोबाइल अफ गरेर अहिले अत्तोपत्तो छैन् । सुरुमा म पहल गर्छु भनेका बिक काठमाडौँ जानलार्इ परिवारको पैसा लिएर कोहलपुरबाट फरार भएका थिए ।

पिडितलार्इ छुटाउन उनका साथिभार्इ र आफन्तजनहरुले म्यानपावर, राजदुतावास लगाएतका विभिन्न ठाउँहरुमा जानकारी गराउदा पनि कसैले केहि पहल नगरेको पिडितका जेठान देवेन्द्र राणाले बताएका छन् । अहिले राणा न्याय पाउँ भन्दै कुमाख गाउँपालीकाको कार्यालयमा पुगेका छन् । रानाले आफ्ना ज्वार्इ वस्नेतलार्इ साउदी सरकारको जेलबाट छुटाउन सबैलार्इ पहल गरिदिन आग्रह गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!