युकेको ‘सपना’ देखाएर ३ जनासँग ७६ लाख ठग्ने बाग्लुङ्गका एक युवक पक्राउ

Posted on: 23 Feb, 2024

फागुन ११, काठमाडौँ | वैदेशिक रोजगारीका लागि युके पठाइदिने भन्दै ३ जनासँग ७६ लाख ठगेको आरोपमा प्रहरीले बाग्लुङ्गका एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ्गको बडिगाड गाउँपालिका–९ घर भएका युद्ध बहादुर केसी उर्फ पाण्डप छन् ।


३६ वर्षीय युद्ध बहादुरले ३ जनाबाट ७६ लाख ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रवीन्द्र रेग्मीले बताए । काठमाडौँ महानगरपालिका–२८ स्थित बागबजार बस्ने युद्ध बहादुरले  बेलायत पठाउँछु र त्यहाँ पुगेपछि ‘केयर गिभर’मा १० लाख ५० हजार रुपैयाँ तलब आउने आश्वासन दिएका हुन् ।

प्रतिव्यक्ति २६ लाख लाग्छ भनेर ३ जनासँग ७६ लाख लिएपछि उनी सम्पर्कविहीन भएका थिए । आरोपीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको एसपी रेग्मीले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!