सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

Posted on: 08 Feb, 2024

माघ २५, काठमाडौँ | सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लमजुङको राईनास गाउँपालिका घर भई काठमाडौं टोखामा बस्ने ३१ वर्षीय चन्द्र गुरुङ रहेका छन् ।

गुरुङले रामचन्द्र भण्डारी समेतलाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ७ लाख ५० हजार रुपैयाँ लाग्छ र सर्बिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक ७० हजार रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी ३ लाख रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गुरुङको खोजतलास गर्ने क्रममा बुधबार न्युरोडबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!