गन्तव्य मुलुकबाट आउने सबै माग 'फ्रि भिसा, फ्रि टिकट'का छैनन् : सचिव भण्डारी

Posted on: 08 Feb, 2024

माघ २५, काठमाडौँ | नेपालमा प्राप्त सबै माग 'फ्रि भिसा फ्रि टिकट'को नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केबल भण्डारीले बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट’ सम्मेलनको तेस्रो सत्र ‘फ्रि टिकट, फ्रि भिसा : अवसर कि अवरोध ?’ मा बोल्दै सचिव भण्डारीले गन्तव्य मुलुकको माग अनुसार नै कामदार पठाइरहेको बताएका हुन् ।

‘नेपालमा प्राप्त माग सबै फ्रि भिसा फ्रि टिकटका छैनन्,’ उनले भने, ‘गन्तव्य मुलुकबाट सबै माग फ्रि भिसा, फ्रि टिकटका नआउन सक्छ कानुनी रूपले अन्तर्राष्टिय रूपमा रिलायबल बिजनेस अलायन्सले पारदर्शी भर्ना प्रक्रियाअनुसार कामदार माग गर्छन् । तर सबै माग फ्रि भिसा, फ्रि टिकटका हुँदैनन् । कतै हवाई टिकट दिएको हुन्छ । अभिमुखीकरण जस्ता तालिममा खर्च दिने/नदिने खुलेको हुन सक्छ ।’ नेपालबाट जाने सबै कामदारको फ्रि भिसा फ्रि टिकट होस् भन्ने माग रहेको उनले जानकारी दिए ।

'फ्रि भिसा, फ्रि टिकट' नीति नेपालले ल्याएको भन्दै उनले अन्तर्राष्टिय इम्प्लोयर्स पे पोलिसी(रोजगारदाताले खर्च ब्यहोर्ने)अनुसार नै कामदार पठाइरहेको जनाए । 'इम्प्लोयर्स पे पोलिसी' भएको ठाउँमा फिदिमदेखि काठमाडौं आउँदाको भाडादेखि होटलको भाडासम्म कम्पनीले तिरिरहेको उनको भनाइ छ ।' फ्रि भिसा, फ्रि टिकट'अन्तर्गत वार्षिक २०/२५ हजार कामदार विदेश गइरहेको उनले सुनाए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!