युएईमा श्रमिकले सम्झौता अनुसार तलब पाएनन्, समस्या राख्दा म्यानपावरले ब्लक हान्छ (भिडियो सहित)

Posted on: 26 Jan, 2024

माघ १२, काठमाडौँ । ललितपुर स्थिति एअर किङ्ग प्लेसमेन्ट प्रालि मार्फत वैदेशिक रोजगारको शिलशिलामा वैदेशिक रोजगारमा युएई गएका धेरै युवाहरुले नेपालमा म्यानपावरसँग सम्झौता भए अनुसारको तलब तथा सेवा सुविधा नपाएपछि पीडित बनेका छन् । म्यानपावरले अस्वस्थ प्रतिष्पर्धा गर्दै कम तलबमा कामदार दिने सम्झौता गरेको कारण यस्तो समस्या उत्पन्न हुने व्यवसायीहरु बताउँछन् । 


लामो समयदेखि ललितपुर स्थित एअर किङ्ग प्लेसमेन्ट मार्फत युएई स्थित Cleanco Trading, Importing & Services LLC - Sole Proprietorship LLC र Align Team LLC मा रोजगारमा गएका सयौं नेपाली महिला तथा पुरुष कामदारहरुले समस्यामा परेको गुनाशो गरिरहेका छन् । सम्बन्धित म्यानपावरले दुवै कम्पनीमा पठाएको कामदारहरुले नेपालमा सम्झौता गर्दा जति तलब तोकिएको थियो त्यस अनुसार नपाईरहेको बताएका छन् । Cleanco कम्पनीले दैनिक ११ घण्टा २७/२८ दिन काम लगाएर पनि मुस्किलले ११५० दिराम तलब दिएको पीडितहरुको गुनाशो छ । 'सम्झौता अनुसार पाउने हो भने १४/१५ सयको हाराहारीमा तलब पाउनु पर्ने अवस्थामा पनि  सुक्खा ११५० पाइरहेका छौं ।' एक पीडितले बताईन् । उनका अनुसार यो कम्पनीले सुरुवातमा युएई जाँदा ६/७०० भन्दा कममा पनि काम लगाएको ति पीडितको गुनाशो छ । उनलाई ९०० बेसिक हुने भनि सम्झौता गराइएको पाइएको छ । 

'सम्झौता अनुसार ९०० भन्दा बढी मासिक कमाउनु पर्ने हो । ४/५ महिना बेसिक पनि भेटिएन । अहिले दैनिक ११ घण्टा काम गर्दा समेत मुस्किलले ११०० दिन्छ । यो तलब सम्झौता भन्दा निकै कम हो ।' पिडित भन्छिन् ।

पीडितहरुसँग नेपालबाट जाँदा म्यानपावर तथा एजेन्टले दुई लाख २० हजारसम्म अशुली गरेर पठाएको पीडितहरुको भनाई छ । म्यानपावरले समस्याका विषयमा ध्यानाकर्षण गर्दा समेत अनदेखा गरेको, पीडितहरुको समस्या सुनुवाईको सट्टा समस्या राख्नेहरुको फोन नम्बरनै ब्लक गर्ने गरेको गुनाशो प्राप्त भईरहेको छ । पीडित अर्का युवाले पनि आफूलाई १५०० बेसिक तलब भनि सम्झौता गराई पठाएर ११५० मात्र दिईरहेको गुनाशो गरेका छन् । उनले दुई लाख २० हजार तिरेर आएको भन्दै सम्बन्धित म्यानपावरकि एक महिला कर्मचारीले पैसा लिईरहेको भिडियोनै पठाएका छन् । 


सम्बन्धित कम्पनीबाट लामो समयदेखि समस्यामा परेको सम्बन्धमा आबुधावी स्थित नेपाली दुतावासले खबर पाएर पनि तिनै कम्पनीका डिमाण्डहरु प्रमाणीकरण भईरहेको समेत पाइएको छ । दुतावास र म्यानपावरको मिलिमतोमा समस्याग्रस्त कम्पनीको समेत माग प्रमाणीकरण हुँदा सम्बन्धित कम्पनीको विषयमा कम तलबको समस्यामा रिपोर्ट गर्दा समेत दुतावास मौन बसिरहेको आरोप लगाइएको छ । युएई रोजगारमा दुतावासले ८०० मा खान बस्न सहितको सम्झौतामा मात्र कामदारको माग प्रमाणित गर्छ तर यस्तो सम्झौता कागज प्रक्रियामा मात्र सिमित जस्तो बनाइएको छ । सम्बन्धित म्यानपावरले वैदेशिक रोजगार बिभागमा पेश गरेको कागज अनुसार रोजगारदाताले तलब/सेवा सुविधा नदिएपछि श्रम गरेर गएका श्रमिकहरुको सुरक्षामा समेत सवाल उठेको छ । 

यसै सम्बन्धमा भिडियो हेर्नुहोस् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!