पुस महिनामा १६ हजारभन्दा बढी नेपाली यूएई गए

Posted on: 17 Jan, 2024

माघ ३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि पुस महिनामा १६ हजारभन्दा बढी नेपाली यूएई गएको पाइएको छ |

 मंसिर महिनाको तुलनामा पुस महिनामा कम नेपाली वैदेशिक रोजगारीका लागि यूएई पुगेका हुन् । मंसिरको तुलनामा पुस महिनामा २ हजार १०८ जनाले कमी आएको छ ।

तरपनि पछिल्लो समय यूएई नेपालीहरूका लागि प्रमुख रोजगारीको गन्तव्य मुलुक बन्दै आएको छ । पुस महिनामा वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी यूएई गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुस महिनामा १६ हजार ३८५ जनाले यूएई जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १३ हजार ८६० पुरुष र २ हजार ५२५ जना महिला छन् ।

यूएईमा १० हजार ४६ जनाले श्रम स्वीकृति लिएका हुन् । जसमा ८ हजार ४५२ जना पुरुष र १ हजार ५९४ जना महिला रहेका छन् । ६ हजार ३३९ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!