वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली कामदार बेपत्ता

Posted on: 14 Jun, 2023

जेठ ३१, काठमाडौँ | वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली कामदार बेपत्ता भएको क्वालालम्पुरस्थित नेपाली दूतावास जानकारी गरिएका छन् | 

मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई दूतावासले आग्रह गर्ने गरेको छ।

नेपाली दूतावासले यो हप्ता मात्रै दुई जना नेपाली कामदार बेपत्ता भएको सूचना आफ्नो आधिकारिक फेसबुक पेजमा राखेको छ।

दूतावासका अनुसार बेपत्ता हुनेमा गुल्मी स्थायी निवासी कृष्णबहादुर विक र धनुषा स्थायी निवासी मो. कुर्मान सेख रहेको बताए। दूतावासले बेपत्ता नेपालीको खोजीकार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ।

विगत आठ वर्षदेखि मलेसियामा रहेका बिक घरपरिवार तथा साथीभाइसँग सम्पर्कविहीन थिए।बिकको मानसिक अवस्था ठिक नभएकोले उनलाई देख्ने तथा भेट्नेले नेपाली दूतावासमा जानकारी गराउन भनिएको छ। दूतावासले ०१६-२४७२७७७ नम्बर सम्पर्क गरेर दूतावासलाई जानकारी गराउन अनुरोध गरेको हो।


यस्तै बेपत्ता भएका अर्का कुर्मान सेख पनि २०१७ मा नेपालदेखि मलेसियामा पुगेका हुन्। त्यहाँ पुगेको केही समयपछि नै कम्पनी छोडेर अवैधानिक रुपमा बस्दै आएका थिए। उनले आफू अवैधानिक रुपमा बस्दै आएको जानकारी परिवार तथा साथीभाइलाई गराएका थिए। एक वर्षदेखि उनी पनि परिवारको सम्पर्कमा नरहेकाले खोजी गरिदिन त्यहाँ रहेका विभिन्न संघ संस्थालाई दूतावासले अनुरोध गरेको हो।


मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध तरिकाले बस्ने, व्यवहारजन्य समस्यालगायतको कारण नेपाली जेल पर्ने गरेका छन्।

दूतावासले मलेसियामा रहेका सबै नेपालीलाई कुनै पनि कानुनको उलङ्घन नगर्न अनुरोधसमेत गरेका छन्। कुनै कारणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने हुँदा समयमा जानकारी गराउन आग्रह गरेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!