५०० महिलालाई सिलाई कटाइको निःशुल्क तालिम दिएर जोर्डन पठाइने

Posted on: 12 Jun, 2023

जेठ २९, काठमाडौँ | वैदेशिक रोजगार बोर्डले ५०० महिलालाई निःशुल्क तालिम दिने भएको छ । बोर्डले उनीहरूलाई एक महिने सिलाई कटाइको तालिम दिन लागेको हो ।

त्यसका लागि विभिन्न ९ वटा तामिल प्रदायक संस्था छनोटमा परेका छन् । उनीहरूले निःशुल्क रूपमा तालिम दिनेछन् । तालिम असारको पहिलो साताबाट काठमाडौँका विभिन्न ठाउँ र पोखरामा गार्मेन्ट मेसिन अपरेटर तालिम दिइने बोर्डले जनाएको छ ।


तालिम लिनका लागि महिलाहरूले कुनै पनि शुल्क नतिरी जोर्डन जान सक्ने बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले बताए । यो तालिम १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेका महिलालाई दिइनेछ। तालिम लिनका लागि राहदानी बनाइसकेको तथा राहदानी बनाउनका लागि राजस्व बुझाइसकेको हुनुपर्ने बोर्डले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!