एन्मा नासाको तर्फबाट पत्रकार थापालाई सम्मान

Posted on: 05 Sep, 2016


भदौ २०, अमेरिका । अमेरिकामा रहेका नेपालीहरुको ३५ बर्ष पुरानो संस्था एन्मा र २५ बर्ष पुरानो संस्था नासाको संयुक्त सम्मेलनमा पत्रकार सूर्य थापालाई बिषेश सम्मान गरेको छ । 

अमेरिकाको मिजौरी राज्यमा भएको सम्मेलनमा न्यूयोर्कमा बस्ने पत्रकार थापालाई नेपाली समुदायमा पत्रकारिता मार्फत पुराएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । नेपालको गुल्मी जिल्लामा जन्मिएर काठमाण्डौमा, पत्रिका, एफएमदेखि टेलिभिजन पत्रकारिता सम्बन्धी अनुभब संगालेका थापा अमेरिका आए पश्चात न्यूयोर्कबाट सन्चालीत हुने ह्वाईट हिमाल टेलिभिजनमा आवद्ध भएका थिए । 

नेपालबाट अमेरिकामा अमेरिकन सरकारको मान्यता प्राप्त पत्रकारको रुपमा पत्रकारिता गर्न आएका थापा अमेरिकाको नेपालीहरुको बाहुल्यता रहेको प्राय राज्यमा पुगेर समाचार संकलन तथा सम्प्रेषण गर्ने गरेका छन् । 

स्टेज कार्यक्रम सन्चालन तथा लाईभ टेलिभिजन कार्यक्रम सन्चालन गर्न बिषेश दख्खल राख्ने थापा अमेरिकन नेपाली समुदायमा चर्चित पत्रकारको रुपमा पर्दछन् । थापाले आफ्नो परिवार र ब्यक्तीगत स्वार्थ भन्दा माथी उठेर अमेरिकन नेपाली समुदायमा सुचना प्रवाह गरेको आफुहरुले देखिरहेको बताउदै एन्मा अध्यक्ष शुसील शर्माले थापा सम्मानका लागि योग्य ब्यक्ती भएको बताउनुभयो ।

 त्यस्तै नासाका अध्यक्ष बिमल नेपालका अनुसार थापाले समुदाय अरुले भन्दा फरक र सबैलाई समेटेर पत्रकारिता गर्ने गरेको र एन्मा, नासालाई पनि लामो समयदेखि सहयोग गरेकोले सम्मान गरेको बताए । सम्मानपछि खुशी ब्यक्त गर्दै पत्रकार थापाले आफुलाई थप उर्जा मिलेको बताएका छन् । पत्रकार थापा श्रीमती शारदा र दुई छोरी सनसाईन र सन्नीभाका साथ न्यूयोर्कमा बसेर पत्रकारितामा सकृय छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!