ट्याङ्कर दुर्घटनाबाट एकै परिवारका ४ जनासहित ६ को मृत्यु

Posted on: 22 Nov, 2018

मङ्सिर ६, हनोइ | भियतनामको दक्षिण भागमा पर्ने विन्ह फुओक प्रान्तमा बिहीबार बिहान तीन पाङ्ग्रे सवारी साधनलाई तेल ट्याङकरले ठक्कर दिएपछि तेल पोखिएर भएको आगलागीका कारण एकै परिवारका चार जनाको मृत्यु भएको छ । 

आगलागीका कारण अरु दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । 

स्थानीय समयानुसार बिहीबार बिहान ४ बजे दुर्घटनाग्रस्त पेट्रोल ट्याङ्कर सडकपेटीमा पल्टिएको र त्यसक्रममा बिजुलीको पोल ढलेको थियो । 

सडकपेटीमा पल्टिएको ट्याङ्करबाट पोखिएको तेलमा आगो सल्किएको र त्यसबाट सडक छेउछाउका १६ वटा घरमा आगो लागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । अग्नि नियन्त्रकहरुको एक घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको प्रान्तीय प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!