अमेरिकामा पौडी खेल्ने क्रममा डुबेर २८ वर्षीय राजु झाको मृत्यु

Posted on: 11 Jul, 2024

असार २७, काठमाडौँ । अमेरिकाको ग्लेसियर नेसनल पार्कमा पौडी खेल्ने क्रममा जनकपुर घर भएका २८ वर्षीय राजु झाको डुबेर मृत्यु भएको छ ।

झा २०१९ मा साउदर्न इलिनोइस युनिभर्सिटी कार्बोन्डालेमा स्ट्रक्चरल इन्जिनियरिङ पढ्नका लागि अमेरिका गएका थिए । मास्टर्स डिग्री पूरा गरेपछि उनले जाकोब इन्जिनियरिङ पोर्टल्यान्डमा २०२१ मा काम थालेका थिए ।


शनिबार बेलुका २८ वर्षीय नेपाली युवक आफ्ना साथीहरूका साथ पौडी खेल्न स्थानीय म्याकडोनाल्ड तालमा गएका थिए । 

उनका साथीहरूका अनुसार उनी पौडी खेल्न अनुभवी थिएनन् । उनी केही बेरमा नै पानीमुनि पुगेको र बाहिर ननिस्केको जनाइएको छ । उनको शव करिब ४० फिट तल भएको उद्धार दलले पत्ता लगाएको थियो । शव राति ८ः३० बजेतिर बाहिर निकालिएको थियो । उनी साथीहरूसँग बिदा मनाउन त्यसतर्फ गएका थिए । 

झाको शव नेपाल पठाउनका लागि गो फन्डमार्फत सहयोग मागिएको जनाएका छन् । यसअन्तर्गत तीन दिनमा ३९ हजार डलर उठेको र सो रकम ५० हजार सम्म पुर्याउने लक्ष्य लिइएको उनले जनाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!