भाउजूको हत्या अभियोगमा एक जना पक्राउ

Posted on: 27 Jun, 2024

असार १३, काठमाडौँ । आफ्नै भाउजू ५० वर्षीय रीतादेवी यादवको हत्या गरेकोअभियोगमा औरही नगरपालिका– ४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई प्रहरीले पक्राउ गरेको छ । 

घरायसी विवादको क्रममा रामजतनले कोदालोले प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको थियो । 

यो खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!