मलेसियामा संधैका लागि निदाए एक नेपाली

Posted on: 19 Oct, 2016

कात्तिक ३, क्वालालम्पुर । बैदेशिक रोजगारीको शिलशिलामा मलेसिया गएका एक नेपाली मजदूरको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

पाल्पा अर्गली गाविस वडा नम्बर ५ घर भई अहिले मलेसियास्थित वालाकोनमा रहेको एक कम्पनीमा कार्यरत २६ बर्षीय केशवहादुर सोमैको सुतेकै अवस्थामा मृत्यु भएको हो ।

वेलुकाको खाना खाई करीव साढे ११ वजे तिर सुतेका सोमै विहान डिउटी जाने वेला हुँदासम्मपनि नउठेपछि साथीहरुले उठाउने प्रयास गर्दा उनको मृत्यु भइसकेको बताइएको छ । 

रोजगारीको लागि उनी २७ महिना अगाडि मलेसिया आएका थिए । मृतक सोमैको श्रीमती एक छोरा र एक छोरी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!