कोरियन भाषा: सिप बिल्डिङमा आवेदन भरेकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने

Posted on: 06 Dec, 2023

मङ्सिर २०, काठमाडौँ | रोजगार अनुमति प्रणाली (ईपीएस) को सिप बिल्डिङमा आवेदन दिएकाले उत्पादनमूलक क्षेत्रमा दिन नपाउने भएका छन् । ईपीएस कोरियाले उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ जनाका लागि आवेदन आह्वान गरेको छ । तर, त्यसमा यसअघि सिप बिल्डिङमा आवेदन भरेको तथा परीक्षा दिएकाहरूले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भएका हुन् ।

ईपीएस शाखा कार्यालयले यसअघि सिप बिल्डिङका लागि आवेदन माग गरेको थियो । जसमा ४ हजार ९८ जना पास भएका थिए । सिप बिल्डिङको लागि ३५ हजार ४७८ जनाले आवेदन दिएका थिए । अब उनीहरू उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन पाउने शाखा कार्यालयले जनाएको छ ।

शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीले सिप बिल्डिङमा आवेदन दिई उत्तीर्ण नभएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने बताए । एचआरडी कोरियाले एक वर्षमा एक क्षेत्रबाहेक अन्य क्षेत्रमा आवेदन दिन नपाउने व्यवस्था गरेकाले उनीहरूले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने बताए । सिप बिल्डिङमा आवेदन दिई अनुत्तीर्ण भएकाहरूले यसमा फाराम भर्न पाउनुपर्ने माग राख्दै ध्यानाकर्षण गराएका छन् । उनीहरूले शाखा कार्यालय र एचआरडी कोरियाको ध्यानाकर्षण गराएका हुन् ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!