वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने महिला पक्राउ

Posted on: 04 Dec, 2023

मङ्सिर १८, काठमाडौँ | वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भएर हाल काठमाडौँ बस्ने ४३ वर्षीय सुस्माकुमारी खड्का रहेकी छन् ।

खड्काले राजु शाहीलाई पोर्चुगलको होटलमा वेटरमा काम लगाइदिन्छु, मासिक १ लाख २० हजार रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारेकी थिइन् । पीडित शाहीसँग पटक–पटक गरी ७ लाख ५० हजार रुपैयाँ लिएर उनी सम्पर्कविहीन बनेकी थिइन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खड्कालाई मंगलबार बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग तहाचल पठाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!