भारतमा एक नेपालीको मृत्यु

Posted on: 13 Sep, 2023

भदौ २७, काठमाडौं | रोजगारीका सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका-१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको मृत्यु भएको छ ।

गत पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका उनको मङ्गलबार हृदयघातका कारण निधन भएको मृतकका आफन्त दशरथ चाडले बताए ।

कोठामै एक्कासी ढलेका साउदलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । परिवारसहित दिल्लीमा बस्दै आएका साउदको मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ ।

मृतक साउदका एक छोरी र श्रीमती छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!