त्रिशुली बस दुर्घटना: १७ जनाको उद्धार, १५ जनालाई ल्याइयो काठमाडौं

Posted on: 23 Aug, 2023

भदौ ६, काठमाडौँ | धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन भने घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ।

जसमध्ये २ जनाको धादिङकै राजमार्ग अस्पताल र १५ जनालाई थप उपचार गर्न काठमाडौं ल्याइएको छ। बसमा कम्तीमा पनि २५ देखि ३० जना सवार रहेको बताइएको छ।

धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा परि २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको डिएसपी जयसवालले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!