दक्षिण कोरियामामा हालसम्म २४५ नेपालीको मृत्यु, सहकर्मी हत्या अभियोगमा दुई नेपाली कारावासमा

Posted on: 08 Aug, 2023

अर्जुन बराल | साउन २३, सोल | दक्षिण कोरियामा हालसम्म २४५ जना नेपालीको मृत्यु भएको छ ।

पछिल्लो समय श्रमिक भिषामा दक्षिण कोरिया आएर भिषा परिबर्तन पश्चात बिभिन्न ब्यबसायमा संलग्न,पेशागत रुपमा कार्यरत,स्थायी बसोबास,शरण लिन आबेदन गरि बस्ने,पारिवारीक भिषा,पारिवारीक स्वास्थ्य उपचार,बैबाहिक सम्बन्ध,बिद्यार्थी लगाएतका भिषामा रहने नेपालीको सङख्यामा बृद्धि भएको देखियतापनि हालका दिनमा नेपालीहरुमा औधोगिक दूर्घटना,आकस्मीक मृत्यु,आत्महत्या,डिप्रेशन,लगाएतका घटनामा नेपाली कामदारहरुको मृत्यु भएको देखिन्छ ।

सोलस्थित नेपाली दूतावासले प्रवासी श्रमिकका लागि बिबिध किसिमका परामर्ष सेवा उपलब्ध गराएको भएतापनि संङख्यात्मक हिसाबले आत्महत्या र आकस्मीक मृत्युको घटना गंभिर रुपमा देखिएको छ जसमध्ये रोजगार प्रक्रिया प्रणालीमार्फत कोरिया आएकाहरुनै बढी देखिन्छन् ।


दक्षिण कोरियामा नेपाली श्रमिकको संङख्या दिनानुदिन बढेपनि नेपालीदुतावाससँग आफना नागरिक कहाँ,कसरी,कुन अवस्थामा छन भन्ने बास्तबिक तथ्याङ्कनै छैन । सोलस्थित नेपाली दुतावासका उपनियोग प्रमुख पुष्पराज भट्टराई यस बिषयमा जानकारीनै नभएको भन्ने होईन हामीले कोरियाको परराष्ट्र मन्त्रालय मार्फत कोरियाको जेलमा के कस्तो अवस्थामा नेपाली छन् या छैनन् त्यसबिषयमा लिखित जवाफ मागेको भएपनि त्यसको पूर्ण बिबरण संम्बन्धीत ब्यक्तीको अनुमति बिना कोरियाको कानुन अनुसार दिन नमिल्ने भएतापनि संङख्यात्मक तवरले कोरियाको बिभिन्न जेलमा २८ जना नेपाली रहेको जसमध्ये ११ जनाले आफनो बिबरण दिन अनुमति दिएको र अपराध र सजायको बारेमा जानकारी दिन ईन्कार गरेको हँुदा उनीहरुको नाममात्रै दुतावासले प्राप्त गरेको प्रतिक्रिया दिएतापनि एनआरएनए कोरियाका पूर्बअध्यक्ष यज्ञराज सुबेदी बिशेषतः कोरियाको अध्यागमन नियमको उल्लंघन गरेका,भ्वाईस फिसिङ्ग र अबैधमनी ट्रान्सफरमा अन्जानबस कानुनी फन्दामा फसेका र फौजदारी अपराधमा नेपालीले सजाय भोगेको हुन सक्ने र यसबिषयमा कुटनीतिक माध्यमबाट जानकारी लिन सकिने साथै कोरिया प्रबेशपूर्ब श्रमिकलाई यसबिषयमा जानकारी गराउन सके नेपाली समाजलाई फाईदा पुग्ने बताउँछन् ।

सन् १९७४ मे १५ मा नेपाल–दक्षिणकोरिया बिच कुटनीतिक सम्बन्ध स्थापनाको तीस बर्ष पछि सन् २००५ मा दुई देशबिच हवाई तथा सांस्कृतिक सम्झौताको बिकसित सम्बन्धको बिस्तार सँगै कोरियामा नेपाली आवासिय दूतावास सन् २००७ मा स्थापित पश्चात सन् २००८ देखि दक्षिण कोरियाले रोजगार प्रक्रिया प्रणाली(ईपिएस)को भाषापरिक्षा उतिर्णको प्रक्रिया मार्फत नेपाली कामदारलाई जिटुजी अर्थात सबै देशको सरकारी तवरको माध्ययमबाट कोरियाको श्रम बजारमा अनुमति प्रदान गरेपछि नेपालीहरुका लागि उत्कृष्ट बैधानिक रोजगारको गन्तब्य मुलुकमा सुचीकृत रहेको दक्षिण कोरियाले पछिल्लो समय सक्दो छिटो श्रमिक पठाउन सक्ने देशका श्रमिकलाई प्राथमिकता दिने नीति अवलम्बन सँगै नेपालबाट जाने कामदारको संङख्यामा भएको बृद्धि सहित दक्षिण कोरियामा कृषि तथा पशुपालन र उत्पादनमुलक क्षेत्रमा काम गर्ने गरि हालसम्म लगभग ९० हजारको संङख्यामा नेपाली पुगिसकेका छन् ।

दक्षिण कोरियामा नेपाली श्रमिक आगमनको पन्ध्रबर्षमा दुई नेपालीको सहकर्मीबाटै हत्या भएको छ । जसमध्ये कोरिया प्रबेश गरेको १५ दिनमै भोजपूरका परशुराम राईले सहकर्मी काभ्रेका सुदिप रावतलाई  आठ बर्ष अगाडी सुतेको अवस्थामा चिर्पटले हानेर हत्या गरेका थिए । जसलाई यहाँँको अदालतले १३ बर्षको कारावास सजाय सुनाएको थियो । यस बिषयमा मृतकका भाई प्रदिप रावतले सोलस्थित नेपाली दुतावासले अपराधीलाई कति बर्षको सजाय भयो ? अदालती प्रक्रिया के कस्तो हुँदै छ तत्कालीन समयका श्रमसहचारी अनिल गुरुङले दिएको जानकारीबाहेक आफनो परिवार सँग दुतावासको आजसम्म सम्पर्क नै नभएको प्रतिक्रिया दिए भने गतबर्ष नुवाकोट घरभएका प्रकाश बिकलाई पाँचथर घरभएका राजेश बुढाथोकिले छुरा प्रहार गरि हत्या गरेका थिए जुन अपराधमा सरकारी वकिलले उनलाई २५ बर्षको काराबास सजायको अभियोगपत्र दर्ता गरेपनि अदालतले उनलाई १७ बर्षको कारावास सजाय सुनायको छ भने राजेश बुढाथोकीले आफनो १७ बर्षको काराबास सजायका लागि कानुनी अपील गरेको र त्यसको फैसला भैनसकेको दुतावास स्रोतले बताएको छ । 

कोरियामा घाँउचोट अंगभंग ईत्यादी घटनाबाट पिडितहरुको परिवार समक्ष हालसम्म कूल ५० करोड नेपाली रुपैयाँ क्षतिपूर्ति पुगेको सोलस्थित नेपाली दुतावासको दाबी छ भने समुन्द्रतटमा पौडीखेल्ने क्रममा डुबेर मृत्यु भएका एक नेपालीको हकमा दुतावासको कानुनी पहल कदमीले मृतकका परिवारले नेपाली ४५ लाख क्षतीपूर्ती प्राप्त गरेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!