तपाइले फेसबुक एकाउन्ट कहिले खोल्नुभो ? पहिलो फोटो कुन हाल्नुभो ? (यसरी हेर्नुस)

Posted on: 26 Aug, 2017

साझा सबाल (टिप्स) | विश्वविख्यात सामाजिक संजाल फेसबुक सन् २००४ मा मार्क जुकरबर्गले हावर्ड बिश्वबिध्यालयमा अध्ययन गर्ने क्रममा उनका  कोठामा सँगै बस्ने साथीहरू र केही कम्प्युटर विज्ञानका विद्यार्थीहरू एडवार्डो साभरिन, डस्टिन मोस कविट्ज र क्रिस ह्यूजेससँग आपसी प्रयोजनका लागि सुरु गरेको सिस्टम नै पछी फेसबुकको रुपमा स्थापना भएको हो । यो वेबसाइट सुरुमा हावर्ड बिश्वबिध्यालयका बिध्यार्थीहरू माझ मात्र सिमित रहे पनि पछि बोस्टन क्षेत्रको आइवी लीग र स्टेनफोर्ड विश्वविद्यालयसम्म फैलिँदै २००८ सम्म आईपुग्दा संसारभरी फैलिएको थियो ।

फेसबुकको स्थापनाबारे माथि छोटो कुरा आयो । बर्तमान समयमा यसको प्रभाव कस्तो छ, प्रायलाई थाहा छ । फेसबुकले तपाइँ हाम्रो इतिहाँसलाई जीवन्त पार्न हदैसम्मको सहयोग गरेको छ । हामीले दैनिक गर्ने क्रियाकलाप फेसबुकमा पोख्ने गर्छौं, जसमा हामीले आफ्नो भावना वा दृश्य सामग्री मार्फत आफ्नो बिषयमा फेसबुकमा सुरक्षित गरिराखेका हुन्छौं  । त्यसै सुरक्षित कुराहरु तपाइँले भविष्यमा हेर्दा इतिहाँस वा तपाइको बिगतबारे स्पष्ट थाहा हुन्छ । 

फेसबुक कहिले खोल्नु भयो र त्यसपछी फेसबुकको माध्यममार्फत आफ्नो प्रोफाइलमा के-के लेख्नु वा पोष्ट गर्नु भयो भन्नेबारे हेर्न सकिने हुँदा फेसबुकले बिगतलाई जीवन्त बनाउँछ भन्न खोजिएको हो । 

कतिपयले फेसबुकमा बिभिन्न परिस्थिति र आफ्ना बिषयमा दैनिक पोष्ट गरिरहेका हुन्छन् । मानिसहरुले फेसबुकलाई फरक-फरक प्रायोजनका लागि प्रयोग गर्ने गरेको पाइन्छ । कुनै निश्चित व्यक्तिलाई अध्ययन गर्न उसको गतिबिधि आवश्यक हुन्छ, जुन फेसबुकको माध्यमबाट बुझ्दा धेरै हदसम्म उसको गहिराई बुझ्न सकिन्छ । त्यसैले पनि हुन सक्छ - हिजोआज कुनै कम्पनी वा कार्यालयले कसैलाई जागिरमा राख्नुभन्दा पहिले उनको फेसबुक अकाउन्ट जाँच गर्ने गरिन्छ । ओजनदार स्टाटस तथा फोटोहरु छन्-छैन भन्नेसम्मको अध्ययन यसमा गरिन्छ । त्यसैले पनि तपाइँले शिष्ट भाषाको प्रयोग गर्नु र पेशागत कुराहरु फेसबुकमा हाल्नु राम्रो हुन्छ । साथै तपाइप्रति कस्ता कमेन्ट गरिन्छ, भन्ने कुरा पनि फेसबुकमा हेर्न सकिने हुँदा आफ्नो छवि समेत राम्रो बनाउनु आवश्यकता छ । अझ कतिपय मानिसले फेसबुकमा चिया पिए देखि मादक प्रदार्थ सेवन गरेको, खाना खाएको जस्ता वाहियात पोष्ट पनि गर्छन । यसरी कम महत्वका तस्बिर पोस्ट गर्ने तथा ताल न बेतालका स्टाटस राख्ने गर्नु भनेको हल्का खालको औकात देखाउनु हो ।  भावनात्मक भएर एक दिनमै धेरै स्टाटस पोस्ट गर्नु पनि राम्रो मानिन्न, यस्ता ब्यबहारले तपाइँको भित्री ब्यबहारलाई स्पष्ट सार्वजनिक गर्ने गर्छ ।

अब सन्दर्भतिर जाउँ - यहाँ आज हामीले कसले कहिले फेसबुक खोल्यो र पहिलो फोटो के राख्यो भन्ने बारेमा सामान्य जानकारी दिने प्रयास गरेका छौं । यो बिषय निकै सामान्य बिषय भएपनि धेरैलाई यस बिषयमा जान्ने इच्छा हुन्छ, आजको यो सामग्री अध्ययन गरेपछि मैले कहिलेदेखि फेसबुक सुरु गरेछु ? र त्यतिखेर कस्तो फोटो राखेको रहेछु वा मैले सुरु-सुरुमा फेसबुकमा के-कस्ता कुरा राखेको रहेछु भन्ने बारे जान्न सकिन्छ । साथै आफैलाई नराम्रा लागेका कुरा समेत डिलेट गर्न सकिन्छ । साथै यस्तै तरिकाले अरुको बारेमा पनि धेरै अध्ययन गर्न सकिन्छ । 

तपाइँले कहिले देखि फेसबुक चलाउन सुरु गर्नु भयो ?  

फेसबुकमा तपाइँले फेसबुक कहिले खोल्नुभयो भन्ने बारे महिना र सालबारे स्पष्ट जानकारी दिईएको हुन्छ । एकिन गते नदीईएपनि तपाइँले कुन महिना र कुन सालदेखि फेसबुक चलाउन सुरु गर्नु भयो भन्ने जानकारी हुन्छ ।  यसबारे जानकारी लिन आफ्नो कम्प्युटर वा ल्यापटपमा तश्विरमा देखाईएझैँ गर्नुहोस् । 

१. आफ्नो फेसबुक खोल्नुस । 

२. तल एरोले देखाएझैँ गर्नुहोस् । 

३. फेसबुकको बायाँ साइडमा 'इडिट' गर्ने अप्सन हुन्छ त्यसमा क्लिक गर्नुहोस् ।


४. अब तपाइँले आफुले फेसबुक सुरु गरेको मिति हेर्न सक्नुहुन्छ । 


तपाइले आफ्नो फेसबुकमा सुरु-सुरुमा हाल्नु भएको फोटो यसरी हेर्नुहोस् 

१. फेसबुक खोल्नुहोस र तल एरोमा देखाईए अनुसार Photos मा क्लिक गर्नुहोस् । 

२. अब तपाइको फोटोहरु देखिन्छ, तल तश्विरमा देखाईएको स्थान Your Photos मा क्लिक गर्नुहोस  अनि पहिलो फोटोमा क्लिक गर्नुहोस 

 

३. अब तपाइले पछील्लो समय अपडेट गर्नुभएको फोटो खुल्छ | त्यहि फोटोको दायाँ र बायाँ एरो (स्लाइड) दिईएको हुन्छ | एकैपटकमा सबैभन्दा पुरानो फोटो हेर्न बायाँ पट्टिको एरोमा क्लिक गर्नुहोस |


४. अव तपाइँले फेसबुक खोल्दाको समयतिर हालेका पुराना फोटोहरु हेर्न सक्नुहुन्छ |

यही तरिकाले तपाइँले अरु साथीहरुको समेत जानकारी लिन सक्नुहुन्छ | 

धन्यवाद | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!