प्रतितोला ५ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

Posted on: 02 Nov, 2022

कात्तिक १६, काठमाडौँ | बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन तोलामा ५ सय रूपैयाँले बढ्दै ९३ हजार ६ सय रूपैयाँ पुगेको हो ।  

अघिल्लो दिन छापावाल सुन प्रतितोला ९३ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रूपैयाँले नै बढ्दै ९३ हजार एक सय रूपैयाँ पुगेको महासंघको जनाएको छ ।  यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १० रूपैयाँले बढ्दै आज प्रतितोला एक हजार २२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!