खोटाङको रुपाकोट एफएममा आगलागि

Posted on: 07 Sep, 2017

चिसाङ शेर्पा/भदौ २२, खोटाङ । खोटाङको सदरमुकाममा रहेको रुपाकोट सामुदायीक एफएमको स्टुडियोमा बिहिबार बिहान आगलागि भएको छ । 

सदरमुकाम दिक्तेल बजारमा रहेको रेडियोको अपलिङ्क स्टुडियोको ब्याकअप कोठामा बिहान साँढे आठबजे आगलागि हुंदा ब्याकअप कोठामा रहेको सोलार कन्टोलर एक थान, १४ वटा मध्ये एक थान ब्याट्रि र ब्याकअप ईन्भटर १ थान डढेर पूर्णरुपमा जल्दा १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको रेडियोका स्टेशन मेनेजर सूर्य तामाङले बताए ।

रेडियो भाडामा रहेको घरमा भएकोले घर धनि नमराज श्रेष्ठले कोठा भित्र धुवाँ आउँदै गरेको देखे पछि उक्त कोठाको ढोका खोलेर पसि आगलागि सुरु हुंदै गर्दा आगो नियन्त्रणमा लिई ठूलो क्षति हुनबाट श्रेष्ठले जोगाएको मेनेजर तामाङको भनाई रहेको छ । आगलागि बिद्युत सट भएर भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!