आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Posted on: 13 Dec, 2023

मङ्सिर २७, काठमाडौँ | नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ सस्तिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घट्दै १ लाख १६ हजार रुपैयाँ कायम भएको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै सस्तिँदै १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!