इन्धनमा लगाइएको १० रुपैयाँ पूर्वाधार विकास करमध्ये ५ रुपैयाँ बुढीगण्डकीलाई

Posted on: 09 Nov, 2023

कार्तिक २३, काठमाडौँ । सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास करमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा प्रतिलिटर १० रुपैयाँ लिँदै आएको पूर्वाधार विकास करमध्ये ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


सरकारले आर्थिक वर्ष २०७३/७४ बाट बुढीगण्डकी आयोजना निर्माणका लागि इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिंदै आएको थियो । तर, २०७६ फागुनदेखि भने सरकारले बुढीगण्डकीको नाममा कर संकलन गर्न छाडेको थियो । बरु त्यसको सट्टामा पूर्वाधार विकास करको नाममा प्रतिलिटर १० रुपैयाँ संकलन गर्न थालेको थियो ।

बिहीबारको मन्त्रिपरिषद बैठकले पूर्वाधार विकास करको नाममा संकलन गरेकै रकममध्ये ५ रुपैयाँ बुढीगण्डकीलाई छुट्याउने निर्णय गरेको हो ।

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउने भन्दै ३ साउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्ड कार्यालय उद्घाटन गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!