पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता

Posted on: 01 Oct, 2023

असोज १४, काठमाडौँ | नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी गरेको मूल्यवृद्धि फिर्ता भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्‌को बैठकले यसअघिकै मूल्य कायम हुने गरी शनिबार गरिएको मूल्यवृद्धि फिर्ता गर्न निगमलाई निर्देशन दिने निर्णय गरेको हो। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मूल्यवृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिइएको जानकारी दिइन्। 

प्रधानमन्त्री प्रचण्डले आइतबार निगमका कार्ककारी निर्देशक उमेशप्रसाद थानीलाई बोलाएर सरकारलाई जानकारी नै नदिइ मूल्यवृद्धि गरिएको भन्दै असन्तुष्टि जनाए। प्रधानमन्त्री प्रचण्डले मूल्यवृद्धि फिर्ता लिन वा पुनरावलोकन गर्न थानीलाई निर्देशन दिएका थिए। 

पछि मन्त्रिपरिषद्‌ बैठकले समेत मूल्यवृद्धिको निर्णय फिर्ता लिन निर्देशन दिने निर्णय गरेको हो। 

निगमले सूचना जारी गरेर पेट्रोलियम पदार्थमा पुरानै मूल्य कायम भएको घोषणा गर्ने बताइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!