तोलामा ९०० रुपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद-बिक्री?

Posted on: 14 Jun, 2023

जेठ ३१, काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजोको तुलनामा प्रतितोला ९०० रुपैयाँ घटेको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ कायम थियो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य समेत २५ रुपैयाँले घटेको छ । यससँगै, चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ तोकिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!