अमेरिकामा हेलिकप्टर दुर्घटना, सवार सबैको मृत्यु

Posted on: 16 Feb, 2023

एजेन्सी | अमेरिकामा बुधवार टेनेसी नेसनल गार्डको ब्ल्याक हक हेलिकप्टर म्याडिसन काउन्टीमा दुर्घटनाग्रस्त भएको छ । अलाबामा हाईवे ५३ र बरवेल रोड नजिक भएको दुर्घटनामा परी हेलिकप्टरमा सवार सबैको ज्यान गएको छ ।

अमेरिकी सेनाका अधिकारीहरूले विमानमा सवार दुई जनाको मृत्यु भएको बताएका छन्। एक सैनिक अधिकारीले प्रशिक्षण उडानमा रहेको हेलिकप्टर दुर्घटना स्थानीय समय अनुसार दिउँसो ३ः३० बजे भएको बताए । 

दुर्घटनाको कारणबारे अनुसन्धान गरिने नेसनल गार्ड ब्युरोका प्रवक्ता रोबर्ट कार्भरले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!