काबुलमा रुसी दूतावास नजिकै आत्मघाती बम विस्फोट, दुई जनाको मृत्यु ११ घाइते

Posted on: 05 Sep, 2022

भदौ १९, काठमाडौँ | अफगानिस्तानको काबुलमा रहेको रुसी दूतावास नजिकै भएको आत्मघाती बम हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । रुसको विदेश मन्त्रालयले घटनामा दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको पुष्टि गरेको छ ।


मन्त्रालयले मारिने कर्मचारी को थिए र उनीहरूको कसरी मृत्यु भयो भन्ने विषयमा विस्तृत विवरण दिएको छैन । उता रोयटर्ससँग कुराकानी गर्दै सो क्षेत्रका प्रहरी प्रमुख मौलावी साबिरले आक्रमणकारी आफ्नो लक्ष्यमा पुग्नुभन्दा पहिले नै दूतावासका गार्डहरूले उनीमाथि गोली प्रहार गरेको बताए ।

हालसम्म विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । केही दिन अघि मात्र अफगानिस्तानमा तालिबान सत्तामा फर्किएको एक वर्ष पुरा भएको थियो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!