इजरायलले प्यालेस्टाइनको गाजामा गरेको हवाई आक्रमणमा शीर्ष प्यालेस्टिनी लडाकुसहित १० जना मारिए

Posted on: 06 Aug, 2022

साउन २१, काठमाडौं | इजरायलले प्यालेस्टाइनको गाजामा हवाई आक्रमण गरेको छ । गाजा स्ट्रीपमा भएको आक्रमणमा प्यालेस्टिनी लडाकु समूहका शीर्ष कमान्डरसहित १० जना जना मारिएका छन् ।


ज्यान गुमाउनेमा एक युवतीसमेत रहेकी छन् । केही घाइते भएका छन् ।

इजरायलका प्रधानमन्त्री याइर लापिङले प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बाट जोखिम देखिएपछि यो कारबाही गरेको बताउनुभएको बीबीसीले जनाएको छ । यसअघि पीआईजेका एक जना सदस्य पक्राउ परेका थिए ।

पीआईजेले इजरायलमा सयभन्दा धेरै रकेटहरु प्रहार गरेको थियो । साथै हवाई आक्रमणको जवाफ दिने प्यालेस्टाइनी विद्रोहीले चेतावनी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!