मस्कोमा आतंककारी हमलाका आरोपीको बयान- पैसा लिएर आक्रमण गरेको हुँ

Posted on: 24 Mar, 2024

एजेन्सी । मस्कोमा आतंककारी हमलाको एक आरोपीको बयान सार्वजनिक भएको छ । रुसी विश्व च्यानल आरटीले सार्वजनिक गरेको बयानमा देखिएका आरोपी रुसको जाडोमा काँफ्दै आफूले पैसामा मस्कोमा हमला गरेको बताएका छन् ।


उनीए काजाकिस्तानका भएको बताइएको छ । उनले टेलिग्रामबाट आएको अज्ञात नामबाट पैसा र हतियार पाएको र हमला गरेको बयान दिएका छन् । मस्कोमा हमला गरेर युक्रेनी सीमातर्फ भाग्न खोज्दा उनी पक्राउ परेको बताइएको छ ।

रुसले मस्कोको आतंककारी हमलामा प्रत्यक्ष जोडिएका चारसहित ११ जनालाई पक्राउ गरेको बताएको छ । हालसम्म मस्को हमलामा परेर १३३ जनाको ज्यान गएको छ भने १२० घाइते छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!