प्रमुख युरोपेली क्लबका फुटबलर दुबईमा पक्राउ, नेदरल्याण्ड सुपर्दगी गरिने

Posted on: 15 Mar, 2024

चैत २, दुबई | युरोपेली फुटबल खेलाडी क्विन्सी प्रोमेस दुबइमा पक्राउ परेका छन् ।

नेदरल्याण्ड्समा गत महिना लागुऔषध तस्करीको लागि अनुपस्थितिमा दोषी ठहरिएका प्रमुख युरोपेली फुटबल खेलाडी क्विन्सी प्रोमेस दुबइमा पक्राउ परेका हुन ।

उनको सुपुर्दगी खोज्ने डच अभियोजकहरूको अनुरोधमा दुबईमा पक्राउ गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । 

प्रमुख युरोपेली क्लब अजाक्स र सेभिल्ला र अहिले स्पार्टक मस्कोसँग अगाडी खेलेका प्रोमेसलाई नेदरल्यान्ड्सका अभियोजकहरूले करिब १,३६० किलोग्राम कोकिन तस्करी गरेको आरोप लगाएका छन । 

सो लागुऔषध तस्करी अभियानको केन्द्रबिन्दुमा उनी समेत रहेको पुष्टी भए पछि नेदरल्याण्डको अदालतले उनको अनुपस्थितिमा नै ६ वर्षको जेल सजाय सुनाएको थियो । 


‘हामी यो बताउन चाहन्छौं कि दुबईमा एक स्वतन्त्र न्यायाधीशले अब डच सुपुर्दगी अनुरोधमा निर्णय गर्नेछन्’ उनका वकिलले भने, ‘सामान्यतया, सुपुर्दगी प्रक्रियाले धेरै समय लिन सक्छ र धेरै औपचारिक चरणहरू र आवश्यकताहरू समावेश गर्दछ, यो नेदरल्याण्डमा पनि पूर्ण रूपमा सामान्य छ। सुपुर्दगी प्रक्रियाको नतिजा र अवधि यस समयमा भविष्यवाणी गर्न सकिँदैन’

३२ वर्षीया यी खेलाडी गत जनवरीमा दुबईमा स्पार्टक मस्कोसँग प्रशिक्षणका लागि आएका थिए । 

सीएनएनले दुबई पुलिस, स्पार्टक मस्को र प्रोमेसको पीआर प्रतिनिधिलाई टिप्पणीको लागि सम्पर्क गरेको छ। प्रोमेसका वकिलहरूले उनले आफू विरुद्ध लागुऔषध ओसारपसारको आरोप अस्वीकार गर्दै आएका छन र नेदरल्याण्डले सुनाएको ६ वर्षको सजायको बिरूद्द अपील गर्नेछन्।

गत वर्ष प्रोमेसलाई आफ्नो काकाको घुँडामा छुरा प्रहार गरेको आरोपमा उनको अनुपस्थितिमा छुट्टै दोषी ठहर गरिएको थियो । अभियोजकहरूका अनुसार उनलाई १८ महिनाको जेल सजाय सुनाइएको थियो।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!