एम्बाप्पेको विकल्पमा रासफोर्डलाई भित्र्याउने प्रयास गर्दै पीएसजी

Posted on: 14 Mar, 2024

चैत १, काठमाडौँ | पेरिस सेन्ट-जर्मेन (PSG) ले किलियन एमबाप्पेको सम्भावित प्रतिस्थापनको रूपमा म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्डलाई भित्र्याउने प्रयास जारी राखेको छ । फ्रेन्च क्लबले राफफोर्डलाई भित्र्याउन ८ करोड पाउन्डको अफर पेस गर्ने तयारी गरेको डेली स्टारले समाचार प्रकाशित गरेको हो ।


रासफोर्डले गत सिजनमात्र युनाइेडसँग पाँच वर्षको नयाँ करार गरेका थिए । नयाँ करार अनुसार उनी ओल्ड ट्राफोर्डमा सन् २०२७ सम्म रहनेछन् । तर,  रासफोर्डले आगामी सिजन क्लब छाड्न सक्ने चर्चा चलिरहेको छ । यो सिजन उनी लयमा देखिएका छैनन् भने प्रशिक्षक एरिक टेन हागसँग पनि उनको सम्बन्ध राम्रो देखिएको छैन ।

विवादबारे धेरै चर्चा भएपछि गत महिना रासफोर्डले एक विज्ञप्ति जारी गर्दै आफू युनाइटेडसँग प्रतिबद्ध रहेको बताएका थिए । उनले आफ्नो आलोचकहरूलाई जवाफ दिँदै आफू युनाइटेडबाट नै खेल्न चाहेको स्पष्ट पारेका थिए ।

तर, पीएजसी भने रासफोर्डलाई जसरी पनि भित्र्याउन चाहिरहेको छ । अध्यक्ष नासेर अल खेलाफीले पनि २६ वर्षीय फरवार्डलाई किलियान एम्बाप्पेको विकल्पको रूपमा हेरेका थिए । एम्बाप्पे आगामी सिजन पीएसजी छाडेर रियल जाँदैछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!