‘ह्याण्ड पम्प’बाट मदिरा निस्कियो, प्रहरी नै चकित

Posted on: 11 Mar, 2024

फागुन २८, काठमाडौँ | भारतको उत्तर प्रदेशको झाँसीस्थित एउटा गाउँमा ‘ह्याण्ड पम्प’बाट मदिरा निस्किएको घटना सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अवैध मदिरा बिक्री वितरणको सूचना पाएको प्रहरी टोली अनुसन्धानका लागि गाउँमा खटिएको थियो । प्रहरीले कहीँ अवैध मदिरा फेला पार्न सकेन । झण्डै रित्तो हात फर्किएको प्रहरी टोलीले नजिकै रहेको ‘ह्याण्ड पम्प’ चलाउँदा पानीको साटो मदिरा निस्किएको थियो । ‘ह्याण्ड पम्प’बाट मदिरा निस्किएपछि केहीबेर प्रहरी नै चकित परेको थियो ।


‘ह्याण्ड पम्प’ गाडिएको ठाउँमा उत्खनन् गर्दा प्रहरीले अवैध मदिराका ड्रम फेला पारेको थियो, जसलाई ‘ह्याण्ड पम्प’मा जोडेर मदिरा निकाल्ने गरिएको थियो ।

प्रहरीले उक्त स्थानबाट ६ सय लिटर अवैध मदिरा बरामद गरेको जनाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई महिलालाई गिरफ्तार गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!