फुटबल खेलिरहेका बेला चट्याङ लागेर खेलाडीको मृत्यु

Posted on: 13 Feb, 2024

एजेन्सी | इन्डोनेसियामा रंगशालामा चट्याङ लागेर एक फुटबल खेलाडीको मृत्यु भएको छ । फुटबल मैदानको क्यामेरामा खिचिएको भिडियोमा चट्याङ लाग्नेबित्तिकै खेलाडी ढलेको देखिन्छ ।

इन्डोनेसियाको सुबाङ क्षेत्रका ३७ वर्षीय सेप्टेन राहर्जा मैदानमा ढलेसँगै टिमका अरू खेलाडी उनीतर्फ गएको भिडियोमा देखिन्छ ।


बान्डुङस्थित सिलिवांगी रंगशालामा शनिबार खेलका क्रममा घटना घटेको हो । त्यति बेला टु एफएलओ एफसी बान्डुङ र एफबीआई सुबाङबीच खेल भइरहेको थियो ।

स्थानीय सञ्चारमाध्यम पीआरएफएमका अनुसार, चट्याङ लागेपछि पनि उनी सास फेरिरहेका थिए । स्थानीय अस्पतालमा लगिएको केही समयपछि उनको मृत्यु भएको बताइएको छ ।

पछिल्लो १२ महिनामा इन्डोनेसियामा चट्याङ लागेर फुटबलरको मृत्यु भएको यो दोस्रो घटना हो । सन् २०२३ मा पनि साराटिन अन्डर १३ को खेलका क्रममा चट्याङ लागेर एक खेलाडीको मृत्यु भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!