मिस जापान घोषित भएको २ हप्तामै कारोलिनाले त्यागिन् उपाधि

Posted on: 06 Feb, 2024

माघ २३, टोकियो | मिस जापानले आफ्नो उपाधि त्यागेकी छिन् । एक विवाहित पुरुषसँग अन्तरङ्ग सम्बन्धबारे एक पत्रिकाले खबर छापेपछि २६ वर्षिया कारोलिना शिनोले उपाधि त्यागेकी हुन् । कारोलिनालाई जनवरी २२ मा मिस जापान घोषित गरिएको थियो । उपाधि चुमेको २ हप्तामै उनले सो उपाधि फिर्ता गरिदिएकी छिन् ।


युक्रेनी मूलकी युवतीलाई मिस जापान बनाइएको भन्दै जापानभर यस पटकको मिस जापानको निकै आलोचना भएको थियो । यस्तै विवादबिच शुकान बुनशुनले नाम नखुलाइएको विवाहित इन्फ्लुएन्सर र डाक्टरसँग शिनाको सम्बन्ध रहेको भन्दै समाचार छापेको थियो । अहिलेसम्म ती पुरुषले सार्वजनिक रूपमा शिनोसँगको सम्बन्धबारे मुख खोलेका छैनन् ।

शिनोको बचाउ गर्दै सौन्दर्य प्रतियोगिता आयोजकले ती पुरुष विवाहित रहेको उनलाई थाहा नभएको बताएको थियो । पत्रिकाले खबर छापेपछि शिनोले आयोजकहरूलाई भ्रममा राखेको र आफूलाई समर्थन गर्नेहरूको चित्त दुखाएकोमा माफी मागेकी थिइन् । उनले मिस जापान एशोसियशनसमक्ष आफ्नो राजीनामा दिँदै क्राउन पनि फिर्ता दिइसकेकी छिन् । यो वर्षभर मिस जापानको उपाधि रिक्त रहनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!