भारतमा आम आदमी पार्टीका नेताहरुको घरमा इडीको छापा, मोदीले प्रतिशोध लिएको नेताहरूको आरोप

Posted on: 06 Feb, 2024

माघ २३, नयाँ दिल्ली | दिल्लीको मनी लान्ड्रिंग केसमा १२ भन्दा बढी स्थानहरूमा ईडीको छापा हानेको छ ।

आम आदमी पार्टी राज्यसभा सांसद एनडी गुप्तासहितको घरमा ईडीले छापा हानेको हो । 

यसका साथै मुख्यमन्त्री अरविन्द केजरीवालका निजी सचिव विभव कुमारको घरमा पनि छापा मारिएको छ । 


भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली जल बोर्डका पूर्व सदस्य शलभको घरमा पनि छापा मारिएको छ। यो छापा दिल्ली सरकारका मन्त्री आतिशीको पत्रकार सम्मेलन अघि भएको थियो। आतिषीले ईडीको बारेमा पत्रकार सम्मेलन गर्न लागेकै बेलामा यो छापा हानिएको हो ।

आम आदमी पार्टीका नेताहरू र उनीहरूसँग सम्बद्ध व्यक्तिहरूको मनी लान्ड्रिंग मामिलामा छापा मारिरहेको छ तर अहिलेसम्म ईडीले मनी लान्ड्रिंगको कुन मामिलामा छापा मारेको छ भन्ने स्पष्ट भएको छैन। मुख्यमन्त्री पीएको घरमा छापा मारेको सुनिएको आप नेता आतिशीले बताए । ‘यो के हुदैछ ? हामीलाई धम्की दिने प्रयास भइरहेको छ । म प्रधानमन्त्रीलाई भन्न चाहन्छु कि हामी डराउँदैनौं,’ उनले भने । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!