विश्वकप उदघाटन समारोह हुने मेक्सिकोको स्टेडियम कस्तो छ ? तस्विरमा हेरौं

Posted on: 05 Feb, 2024

माघ २२, काठमाडौँ | स्टेडियमको नामः स्टाडियो एजटेका

स्थानः मेक्सिको सिटी, मेक्सिको

क्षमताः ८३ हजार 

स्थापितः १९६६

काठमाडौं, २२ माघ । फिफा विश्वकप २०२६ को उद्घाटन खेल मेक्सिकोले आयोजना गर्ने भएको छ ।

विश्व फुटबल संघ (फिफा)ले उदघाटन खेलको होस्ट सिटीको रूपमा मेक्सिकाेकाे राजधानी मेक्सिको सिटीलाइ गएराती चयन गरेको हो ।

आयोजक मेक्सिकोले ११ जुन २०२६ मा विश्व कपको सबैभन्दा ठूलो संस्करणको उद्घाटनको आयोजना यसै खेल मैदानमा गर्नेछ ।

यो एस्टाडियो एज्टेका, मेक्सिको सिटीमा सन १९७० र १९८६ मा दुई विश्वकपका उदघाटन र फाइनलहरू खेलाइएको छ । जहाँ ब्राजिलियन सुपरस्टार पेले र अर्जेन्टियन सुपरस्टार डिएगो म्याराडोनाले यस स्टेडियममा जादु देखाएका थिए, जुन स्टेडियममा अब अर्को जादु देखिनेवाला छ ।

यस विश्वकपमा खेलिने १०४ खेलहरू मध्ये पहिलो खेल र उदघाटन समाराेह यही हुनेछ । 

विश्वकप २०२६ मा कुल १०४ वटा खेल खेलाइने छ । जसमध्ये आयोजक राष्ट्रहरू  मेक्सिको, अमेरिका र क्यानडाका १६ स्थानहरूमा खेलाइने फिफाले जनाएकाे छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!