जापानको एयरपोर्टमा फेरि ठोक्किए दुई विमान

Posted on: 17 Jan, 2024

माघ ३, काठमाडौं | जापानको विमानस्थलमा फेरि दुई वटा विमान ठोक्किएका छन् । 2 जनवरीको दिन टोक्योको हानेदा विमानस्थलमा दुईवटा विमान ठोक्किएर आगलागी भएको घटना भएको ठिक दुई हप्तापछि होक्काइदोको न्यु चितोस विमानस्थलमा पनि विमान ठोक्किएका हुन् ।

जापानको सरकारी समाचार माध्यम एनएचकेका अनुसार होक्काइडोको न्यू चितोस एयरपोर्टमा स्थानीय समयअनुसार साढे ५ बजे दक्षिण कोरियाको कोरियन एयर र हङकङको क्याथे प्यासिफिक विमान ठोक्किएका हुन् । कोरियन एयरका एक अधिकारीका अनुसार उडान भर्ने बेला क्याथे प्यासेफिक एयरको विमानसँग ठोक्किएका थिए ।

कोरियन विमानमा २८९ यात्री सवार थिए । प्यासेफिक एयरको विमानमा भने यात्रुहरु थिएनन् । यो दुर्घटनापछि न्यु चितोस एयरपोर्टमा विमानहरुको उडान रद्द भएका थिए ।

२ जनवरीमा जापानको हनेडा एयरपोर्टमा दुई विमान ठोक्किएर आगलागी हुँदा कोस्ट गार्डको विमानमा सवार चालक दलका ६ सदस्यहरुमध्ये ५ जनाको ज्यान गएको थियो ।

त्यसबेला जापान एयरलाइन्सको जहाज अवतरणका क्रममा रनवेमा रहेको कोस्ट गार्डको विमानसँग ठोक्किएको थियो। त्यसपछि दुवै विमानमा भीषण आगो लागेको थियो। 

त्यसबेला जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालिएको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!