पेरुकी पोर्न स्टार थैना ट्रुजिलो निवासमा मृत भेटिइन्

Posted on: 13 Jan, 2024

पुस २८, पेरु | पेरुकी पोर्न स्टार थैना फिल्डस आफ्नै ट्रुजिलो निवासमा मृत भेटिएकी छन् ।  केही समयअघि एडल्ट फिल्म उद्योगमा आफूमाथि भएको शोषण र दुर्व्यवहारको खुलासा गरेकी थैना ट्रुजिलो निवासमा नै मृत भेटिएकी हुन् ।

उनले आफूमाथिको शोषण र दुव्यर्वहारको खुलासा गर्दै कैयौंमाथि आरोप लगाएकी थिइन् । उनले आरोप लगाएको केही महिनामा नै उनी मृत भेटिएकी हुन् । थैना पेरुको लोकप्रिय पोर्न स्टारमध्ये एक हुन् ।

थैनाका एक साथी र एडल्ट कन्टेन्ट क्रिएटर अलेजन्द्र स्वीटले ला रिपब्लिकालाई दिएको अन्तरर्वातामा थैनाको मृत्युको पुष्टि गर्दै आफू निकै दुःखी र शोकमा रहेको उल्लेख गरेका छन् ।

उनले उद्योगमा महिलाहरूले सामना गर्ने चुनौतीहरूको बारेमा साहसपूर्वक कुरा गरे, खुलासा गरिन् | 'कैयौंले मलाई काममा राखेर ममाथि जे पनि गर्न सकिन्छ भन्ने सोचे । तर म घर आएँ, नुहाएँ र रुन थालें । यस्तो ममाथि कैयौं पटक भयो । जब समाज साँच्चै फोहोरले भरिएको छ भने एक महिला हुनु र एडल्ट कन्टेन्ट बनाउनु निकै मुस्किल काम हो’, उनले भनेकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!