उडानका क्रममा विमानको झ्याल फुटेपछि आपत्कालीन अवतरण

Posted on: 07 Jan, 2024

एजेन्सी। अमेरिकाको ओरेगन राज्यमा उडानका क्रममा एउटा विमानको झ्याल फुटेपछि आपत्कालीन अवतरण गरिएको छ। १७७ जना यात्रु सवार अलास्का एयरलायन्सको विमानलाई आपत्कालीन अवतरण गराइएको हो।


‘फ्लाइट १२८२’ को विमान पोर्टल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ५ बजे उडेको र विमानमा चालक दलले चापको समस्या भएको रिपोर्ट गरेपछि सुरक्षित रूपमा फर्काइएको थियो’ संघीय उड्ययन प्रशासनले एक्स (ट्वीटरमा)मा लेखेको छ। 

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा विमानको झ्यालको सिसा फुटेको र छतमा इमर्जेन्सी अक्सिजन मास्क झुन्डिएको देखिन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!