हमासद्वारा थप १७ जना बन्दी रिहा

Posted on: 26 Nov, 2023

मङ्सिर १०, काठमाडौं | इजरायल–हमास युद्धविरामको दोस्रो दिन शनिबार हमास समूहले थप १७ जना बन्दीलाई रिहा गरेको छ । रिहा गरिएकामा १३ जना इजरायली र ४ जना थाइ नागरिक रहेका छन् ।

समाचार संस्था सिएनएनका अनुसार इजरायलले पनि ३९ प्यालेस्टिनी नागरिकलाई जेलमुक्त गरेको छ।

यसअघि पहिलो दिन हमासले २४ बन्धक र इजरायलले ३९ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको थियो।

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासि आक्रमण गरी इजरायलसहित विभिन्न देशका २३० भन्दा बढी नागरिकलाई अपरहण गरी बन्धक बनाएको थियो । जसमा नेपाली विद्यार्थी विपिन जोशीमा पछि छन् ।

इजरायल र हमासबीच पहिलो चरणमा ५० बन्धक र १५० जना प्यालेस्टिनी छाड्ने सहमति भएको थियो। सो सहमतिअनुसार गत शुक्रबार बिहानदेखि गजामा युद्धविराम भएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!