निकारागुवाकी सुन्दरी बनिन् मिस युनिभर्स, यस्तो थियो अन्तिम सवाल र जवाफ

Posted on: 19 Nov, 2023

मङ्सिर ३, काठमाडौँ | यस वर्षको मिस युनिभर्स प्रतियोगितामा निकारागुवाकी सुन्दरी सेनिस पलासियोसले जितेकी छन् । नेपालकी प्रतिस्पर्धी जेन दीपिका गर्रेट टप १० मा पुग्न असफल भइन् ।

९० वटा देशले भाग लिएको मिस युनिभर्सको ७२ संस्करणमा मिस निकारागुवा पलासियोले बाजी मारेकी हुन् । दक्षिण अमेरिकी देश निकारागुवाकी प्रतिस्पर्धीले ताज पहिरिएको यो पहिलो पटक हो । थाइल्यान्डकी सुन्दरी दोस्रो र अष्ट्रेलियाकी सुन्दरी तेस्रो भएका छन् ।


मिस युनिभर्सको फाइनलमा सोधिएको अन्तिम प्रश्न थियो, ‘यदि तपाईँ एक वर्ष अर्को कुनै महिलाको रूपमा बाँच्न सक्नुहुन्छ भने कसलाई र किन रोज्नुहुन्छ ?’

अष्ट्रेलियाकी सुन्दरीले आफ्नी आमाको भूमिकामा बाँच्न चाहने बताइन् । मिस थाल्ल्यान्डले मलाला युसफजाइको नाम लिइन् । मिस निकारागुवाको जवाफ भने फरक अनपेक्षित जवाफ दिएकी थिइन् । उनले मेरी वलस्टोनक्र्याफ्टको नाम लिइन्, जो महिला अधिकार अभियन्ता र महिलावादकी प्रणेता हुन् । सोही जवाफले उनलाई मिस युनिभर्सको ताज दिलायो । २३ वर्षीया पलासियोसले आमसञ्चारमा स्नातक गरेकी छन् र टेलिभिजन होस्टका रूपमा कार्यरत छिन् ।

नेपालकी गर्रेटले पहिलो ‘प्लस साइज मोडल’ का रूपमा मिस युनिभर्समा निकै चर्चा पाएकी थिइन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनलाई व्यापक हाइलाइट गरेका थिए । तर, उनले अपेक्षित सफलता पाउन सकिनन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!