सुगर ड्याडीबाट पैसा कसरी धुत्ने भनेर पुस्तक लेख्ने २५ वर्षीय जापानी युवती प्रहरीको फन्दामा

Posted on: 10 Nov, 2023

एजेन्सी | माई वातानाबे स्वघोषित डेटिङ स्क्यामर हुन् । सुगर ड्याडीहरूबाट पैसा कसरी धुत्ने भन्ने विषयमा उनले पुस्तक लेखेकी थिइन् । 

२५ वर्षीय वातानाबेलाई अगष्टमा सामाजिक सञ्जालमा फलोअरहरूलाई डेटिङ स्क्याम म्यानुअल बेचेको आरोपमा समातियो । अधबैँसे र बुढा पुरुषलाई कसरी फसाउने,   उनीहरूबाट सकेसम्म धेरै पैसा कसरी धुत्ने भन्नेबारे वातानाबेले गाइडबूक नै निकालेकी छिन् ।


नागोया सहरको नाका प्रहरी थानाका अनुसार वातानाबेले गएको वर्ष १० हजार येनदेखि २० हजार येनको बीचमा म्यानुअल बेच्न सुरु गरेकी थिइन् । गोप्य सिकाईका लागि उनले थप पैसा लिन्थिन् । पक्राउ पर्नुअघि वातानाबेले आफ्नो पुस्तकको २ हजारप्रति जति बेचेको जापानी सञ्चार माध्यमरुले बताएका छन् । वातानाबेकै किताब पढेर एक २० वर्षीय जापानी युवतीले आइची प्रिफेक्चरका २ पुरुषलाई १ करोड ६ लाख ५० हजार येन ठेगेपछि प्रहरीले वातानाबेबारे छानबिन सुरु गरेको थियो ।

आफूमाथि लागेको अभियोग वातानाबेले स्वीकार गरेकी छिन् । युवतीले गएको वर्ष सेप्टेम्बरमा ५० वर्षका एक पुरुषलाई २ करोड ७० लाख येन ठगेकी थिइन् । ५४ वर्षका अर्का एक पुरुषले पनि वातानाबेको खातामा ११ करोड ७० लाख येन हालिदिएको आरोप लगाएको भन्दै गएको महिना जापानी पत्रिका माइनिचीले समाचार छापेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!