श्रीलंकाका कप्तान दासुन खेलबाट बाहिरिए, टिममा चमिकाको इन्ट्री

Posted on: 15 Oct, 2023

असोज २८, काठमाडौँ | कप्तान दासुन सनाका चोटका कारण जारी आईसीसी पुरुष विश्वकपको बीचबाटै बाहिरिएपछि श्रीलंकालाई ठूलो धक्का लागेको छ ।

पाकिस्तानविरुद्धको खेलमा मंगलबार सनाका घाइते भएका थिए । अलराउन्डर सनाका कम्तिमा तीन साता मैदानबाहिर रहने श्रीलंका क्रिकट बोर्डले जनाएको छ ।

३२ वर्षीय सनाकाको अनुपस्थितिमा अलराउन्डर चमिका करुणारत्नेलाई टोलीमा सामेल गरिएको छ । श्रीलंकाको टोलीमा रिजर्भ खेलाडीका रूपमा रहेका करुणारत्ने भारतमै छन् । विश्वकपमा श्रीलंकाले भोलि (सोमबार) लखनउमा अस्ट्रेलियाविरुद्ध खेल्दै छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!