प्यालेस्टिनी राष्ट्रपतिलाई हमास आक्रमणको निन्दा गर्न बाइडेनको दबाब

Posted on: 15 Oct, 2023

असोज २८, काठमाडौँ | इजरायल-प्यालेस्टाइन द्वन्द्वका बिच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेस्टाइन प्रशासनका राष्ट्रपति महमुद अब्बाससँग फोनमा कुराकानी गरेका छन्। दुवै नेतासँगको छुट्टाछुट्टै कुराकानीमा राष्ट्रपति बाइडेनले नागरिकको सुरक्षा सुनिश्चित गर्न दुवै पक्षलाई आग्रह गरेका छन् । 



बाइडेनले इजरायली प्रधानमन्त्रीलाई आफ्नो समर्थन जारी राख्ने आश्वासन दिँदा उनले महमूद अब्बासलाई भने गत शनिबार हमासले इजरायलमा गरेको आक्रमणको निन्दा गर्न अपील गरे । उनले अब्बासलाई हमासको निन्दा गर्दै विज्ञप्ति जारी गर्न आग्रह गरेका छन्। 

उनले अब्बाससँग मानवीय सहायताका विषयमा पनि कुरा गरेका थिए । यस विषयमा प्यालेस्टिनी प्रशासनलाई आफ्नो पूर्ण सहयोग जारी रहने बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!