गाजाका आम नागरिकलाई इजरायलले 'सामुहिक सजाय' दिनु युद्ध अपराध भएको एम्नेष्टीको चेतावनी

Posted on: 13 Oct, 2023

एजेन्सी | मानवाधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले इजरायलले गाजाका आमनागरिकलाई दिएको 'सामुहिक सजाय' युद्ध अपराध भएको चेतावनी दिएको छ ।

एम्नेष्टी इन्टरनेशनलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गाजामा लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्न आग्रह गदै आम नागरिकलाई दिइएको सामुहिक सजाय युद्ध अपराध भएको बताएको हो ।


एम्नेष्टीले गाजाका आम प्यालेष्टाइनीलाई हमास समुहले गरेको अपराधको सजाय दिन नमिल्ने भन्दै इजरायललाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आग्रह गरेको छ ।

साथै एम्नेष्टीले अन्तर्राष्ट्रिय समुदायलाई गाजामा मानवीय कोरिडोर बनाउन पहल गर्न आग्रह समेत गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार अहिलेसम्म गाजाबाट ४ लाख २३ हजार मानिसहरु विस्थापित भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!