उत्तरी गाजाका ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणी गाजामा सर्न इजरायली सेनाको चेतावनी

Posted on: 13 Oct, 2023

एजेन्सी | इजरायली सेनाले उत्तरी गाजामा बसोबास गर्ने ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणी गाजातर्फ सर्न चेतावनी दिएको छ। 

इजरायली सेनाले गाजा र जेरुसेलमको समयअनुसार मध्यरातअघि संयुक्त राष्ट्र संघमार्फत उक्त चेतावनी दिएको हो।


संयुक्त राष्ट्रसंघले विज्ञप्ति जारी गर्दै यति धेरै मानिसलाई दक्षिणी गाजातर्फ सर्न सजिलो नहुने जनाएको छ। यस क्रममा मानिस आक्रमणमा पर्नसक्ने जनाइएको छ।  

यसैबीच, इजरायलले जमिन आक्रमणको तयारी गरिरहेको छ। यस उद्देश्यका लागि उसले गाजा सीमामा आफ्ना सेना, तोपखाना र ट्याङ्कर जम्मा पारेको छ। 

गत शनिबार प्यालेस्टाइनी विद्रोही हमासले एक्कासि हमला गरेयता इजरायलले गाजामा लगातार हवाई आक्रमण गरिरहेको छ। गाजामा हमासको सत्ता छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!