जी-२० शिखर सम्मेलन आजदेखि दिल्लीमा सुरु हुँदै

Posted on: 09 Sep, 2023

भदौ २३, काठमाडौं | भारतको दिल्लीमा आजदेखि जी-२० शिखर सम्मेलन सुरु हुँदैछ।

सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएका छन् ।

सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म सञ्चालन हुनेछ । आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरु एउटै मञ्चमा छन् ।

२० देशका प्रमुखहरु एक ठाउँमा बसेर विश्वको वर्तमान र भविष्यका बारेमा छलफल गर्नेछन् । 

सम्मेलन आयोजनास्थल र त्यस आसपासको ३५ किलोमिटर क्षेत्रलाई उच्च सतर्कता क्षेत्र घोषणा गरिएको छ । सडकमा सैनिक, अर्धसैनिक तथा प्रहरी तैनाथ गरिनुकासाथै आकाशमा चौबिसै घण्टा ड्रोन निगरानीको व्यवस्था गरिएको छ ।

जी-२० सम्मेलनमा अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका आबद्ध रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!